यी युवतीको आफ्नै सुन्दरता नै बन्यो दुश्मन: आर्मीमा हुने व्यवहारबारे गरिन् यस्तो खुलासा!

Leaderboard Banner

एजेन्सी, ब्रिटेनकी चर्चित मोडेलको साथ मिस इंग्ल्यान्ड कट्रिना हज जसले मोडलिङ छोडेर आर्मीमा सामेल भएकी छिन्। आफ्नो सुन्दरताको कारणले उनले आर्मी छोड्न परेको छ । कट्रिनाले करीब १७ वर्षको उमेरमा नै आर्मीमा सामेल भएको थिइन् । यस समयमा उनी एक युद्धमा पनि परेकी थिइन् । कट्रिनालाई आर्मीमा सामेल हुन् निकै कठिनभएको थियो।  हरेक दिन उनलाई लिएर अनेक कमेन्टहरु गरिन्थ्यो । कैयौं पटक सीनियर्ससँग उजुरी गर्दा पनि कुनै फाइदा भएन ।  आज कट्रिना ३० वर्षको भईन र उनले आर्मीको जागिर छोडेकी छिन् ।

कट्रिनाले उनको साथ भएको एक-एक कुरा सोशल मीडियामा शेयर गरेकी छिन् । उनले बताइन कि पुरुष फौजीले उनीमाथि नराम्रो व्यवहार गर्थे । यहाँ सम्मकी  उनलाई जागीरको समयमा निक नाम पनि दिएका थिए । उनलाई एक वस्तुको रुपमा हेर्ने गरिन्थ्यो । कट्रिनाको  अहिले  दुई बच्चा छन्  र आर्मीमा यस्तो व्यवहारको आशा नरहेको उनी बताउछिन् । कट्रिनालाई कम्ब्याट बार्बी भनिन्थ्यो । कटरीनाले इराकमा एक अप्रेशनमा कैयौं आर्मी अफिसर्स र व्यक्तिको ज्यान बचाईन । त्यति मात्र नभईकन त्यस समयमा धेरै दिनसम्म भोकै बसिन्।

कट्रिनाले बताईन्, ‘ उनको टाउकोमा मनलाग्दो चीज फ्याकेर हान्ने गर्थे । कटरीना यस्तो समस्याबाट हैरान भएर दिन रात आफ्नो ब्यारेकमा गएर रुने गर्थिन । मिस इंग्ल्यान्ड भईसकेकी एक महिलाले आर्मीमा भएको दुर्व्यवहारले सबैलाई दुखित बनाउनुको साथै आर्मीमाथी प्रश्न उठाउन बाध्य बनाएको छ ।

प्रकाशित : सोमबार, फागुन ०७, २०७४१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अनमोल र अदितिको ‘उकालीमा पछि पछि’ ले राख्यो यस्तो रेकर्ड!