‘मोस्ट वान्टेड गुण्डा नाईके’ मनोज पुन पक्राऊ: अन्तत यसरी परे उनी पक्राऊ

Leaderboard Banner

काठमाडौं, ७ फागुन– विभिन्न ठूला हत्याकाण्डहरुका प्रमुख योजनाकार प्रहरीको  मोस्ट वान्टेड सुचिमा रहेका ‘गुण्डा नाईके’ मनोज पुन  पक्राउ परेका छन् ।

विभिन्न ठूला हत्याकाण्ड, चन्दाअसुली लगायतका अभियोगमा प्रहरीले निकै चासोको रुपमा खोजिरहेका पुनलाई अन्तत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले भारतको गोवाबाट पक्राउ गरेको हो । भारतको पर्यटकीय क्षेत्र गोवामा लुकेर बसेका पुनलाई सिआइबीले अहिले हिरासतमा लिएको छ। रुपन्देही देवदहका पुनले उक्त क्षेत्रलाई आफ्नो प्रमुख अखडा बनाई देशभर नै आफ्नो गुन्डागर्दीको संजाल फैलाएका थिए। उनले रुपन्देहीकै दुई ठूला व्यवसायी एवंम् एमाले नेता देर्गा तिवारी र बलु भनिने बसन्त पौडेल को हत्या गरेका थिए ।

त्यसैगरी पुनले राजधानी काठमाडौंमा पनि अर्का गुण्डा नाईके समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पनि हत्या आफैले गरेको जिम्मा लिएका थिए। हत्या गरिसकेपछि आफु मलेसियामा रहेको र आपसी दुश्मनीका कारणले आफुले हत्या गरेको भन्दै उनले स्थानीय पत्रकार तथा प्रहरीलाई फोन गर्ने गर्थे।

प्रकाशित : सोमबार, फागुन ०७, २०७४११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छः प्रकाशमान सिंह