फागुन २१मा संघीय संसद्को प्रथम अधिवेशन

Leaderboard Banner

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।

प्रकाशित : सोमबार, फागुन ०७, २०७४११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विप्लप समुहद्वारा मंगलबार नेपाल बन्द घाेषणा (विज्ञप्ति सहित)