नयाँ शक्तिको औचित्य र आवश्यकता के ? [ अध्यक्ष सनोज महतसँगको अन्तरबार्ता ]

Leaderboard Banner

ललितपुर, नयाँ शक्ति पार्टी नेपाल ललितपुरले आफ्नो पहिलो जिल्ला अधिबेशन सम्पन्न गरेको छ ।  नयाँ शक्तिले केन्द्रिय माहाधिबेशन गर्ने कुनै तीथि मिति सार्बजनिक समेत नगरेको बेला जिल्ला अधिबेशन गरेको छ ।

त्यसो त बिधि र बिधानलाई मिचेर जिल्ला अधिबेशन गरिएकोमा केहि कार्यकर्तामा असन्तुस्टीका आवाज पनि उठेको छ । पार्टी भित्र समस्या हुँदाहुदै  किन अधिबेशनमा गएको भन्ने बिगुल न्युजको प्रश्नमा निवर्तमान संयोजक रोशन पोखरेल भन्छन “त्यस्तो केहि पनि छैन , सबै जना एक ढीक्का भएर बैकल्पिक शक्ति स्थापित गर्ने मुद्धामा हामी सबै एकै ठाउँ र एउटै स्वरमा छौ “

नयाँ शक्ति ललितपुरको नव निर्वाचित कार्यसमितिमा ,अध्यक्ष सनोज महत ,उपाध्यक्ष जनक थापा ,सचिव रमेश कुमार पोखरेल ,कोशाध्यक्ष ईश्वर श्रेष्ठ ,सदस्यहरुमा दिपक लामा ,लक्ष्मी कुमारी श्रेष्ठ ,कुमार रावत ,गजेन्द्र महर्जन र रिनोज डंगोल छन् ।  यसै गरि जिल्ला परिषद अध्यक्षमा दल बहादुर लिम्बु ,बिज्ञ परिषदमा बिनोद महर्जन र सल्लाकार परिषदमा मोद नारायण निर्वाचित भएका छन्।

प्रकाशित : आइतबार, फागुन ०६, २०७४१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं ५ उपसभामुखमा पूर्व कम्लहरी