दीपिका पादुकोण शुटिङका लागि नेपाल आउदै

Leaderboard Banner

मुम्बई,  सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्। ‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नागरिक दैनिकमा खबर छ ।

माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भुमिकामा देखिनेछिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भुमिका निर्वाह गर्नेछन्।

सपना दिदीको अभिनय गर्न दिपीकाले माफिया र गुण्डाको भाषा सिकिरहेकी छन्। सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन्। यो फिल्मको शुटिङका लागि दीपिका र इरफान आगामी ५ मार्चमा नेपाल आउने बताइएको छ।

प्रकाशित : आइतबार, फागुन ०६, २०७४०८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतमा सन्दीप लामिछानेको यस्तो चर्चा परिचर्चा