अब एमाले र माओबादीको अस्तित्व सकियो: मेरो मन्त्रालय हेरफेर हुन सक्छ- मन्त्रि पण्डित (भिडियो)

Leaderboard Banner

काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितले अब नेकपा (एमाले) र माओबादीको अस्तित्व समाप्त भएको बताएका छन्।

मन्त्री पण्डितले अब दुई पार्टीको एकता प्रक्रिया लगभग लगभग टुंगिएको हुनाले एमाले र माओबादी भन्ने पार्टी नभएर एउटै कम्युनिष्ट पार्टी हुने हुँदा (एमाले) र माओबादीको भन्ने शब्दको कुनै पनि अस्तिव नै नरहने बताएका हुन्। केपी ओली नेतृत्वको वर्तमान सरकारमा वातारण तथा जनसंख्या मन्त्रि बनेका पण्डितलाई तपाईले विगतमा गरेको योगदानलाई हेरेर जनताले त हजुरलाई कुनै ठूलो जिम्मेवार मन्त्रालयमा देख्न चाहान्थे नी, के तपाई आफुले पाएको जिम्मेवारीबाट सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा बिगुल न्यूजसँग कुरा गर्दै मन्त्री पण्डितले कुनै पनि जिम्मेवारी सानो र ठुलो नहुने प्रतिक्रिया दिएका छन् । सोहि प्रश्नको उत्तरमा उनले थपे, “अझै पनि मेरो मन्त्रालय हेरफेर हुन पनि सक्छ। भर्खर त सरकार गठनकै प्रक्रिया चल्दैछ। एउटा कुरा के चाहिँ हो भने यदि मैले जनसरोकार बढी भएका गृह, भैतिक योजना, शिक्षा तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएको भए जनताले अनुभुत गर्ने गरी नै काम राम्रो गर्ने थिएँ। “

लाल बाबु पण्डितसंगको अन्तरर्वार्ताको भिडियो हेर्नुहोस् :

पण्डितले जुनसुकै मन्त्रालयको जिम्मेवारी पाए पनि आफुले दिलोज्यान लगाएर काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले आफु सामान्य प्रसाशन मन्त्री बन्दाको समय स्मरण गर्दै भन्छन्, – मैले जतिखेर सामान्य प्रसाशन मन्त्रालय सम्हालेको थिएँ, त्यतिखेर यो मन्त्रालयको  जनताको माझमा कुनै पहिचान थिएन। यो कर्मचारीहरुको मात्र मन्त्रालय हो भन्ने सोच थियो।  त्यो सोचलाई मैले नै रुपान्तरण गर्दै यो जनताको मन्त्रालय हो भन्ने पहिचान दिलाएको थिएँ । त्यसैले मैले जुन काम या जिम्मेवारी पाएको छु त्यसमा राम्रो कामको सुरुवातअनुभूत हुने गरिनै गर्नेछु ।

अहिले जिम्मेवारी पाएको मन्त्रालयको विषयमा कुरा गर्दै मन्त्री पण्डितले स्थानीय निकाय, संघ र प्रदेश सरकारसँग समन्नय गरी प्रकृती र वातावरणलाई मानवमैत्री बनाउने, जनसंख्या नियन्त्रण, तथा अवश्यकता अनुसार नीतिगत सुधार, निर्णयमा सुधार, समन्नयमा सुधार गर्दै जतिसक्दो छिटो जनताले महसुश गर्ने तवरले काम गर्ने बताए। अहिले बधाई र स्वागत थाप्ने काममा समय खर्च भैरहेको भन्दै अब भोलि देखि नै सुधारका काममा लाग्ने उनले बताए।

अर्को प्रसंगमा कुरा गर्दै उनले अब छिटै नै माओबादी पनि सरकारमा जाने र दुई पार्टी एकता पनि संगसंगै हुने पनि उनले बताए।

प्रकाशित : शनिबार, फागुन ०५, २०७४१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले–माओवादी केन्द्र एकीकरणबारे बोले प्रचण्ड !