एकाबिहानै काठमाडौँ आगलागी: जीवनकाजी श्रेष्ठको मृत्यु

Leaderboard Banner

काठमाडौँ । कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ ।

अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् ।

प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही जानकारी प्राप्त हुन सकेको छैन ।

प्रकाशित : शनिबार, फागुन ०५, २०७४१०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विवाहको अघिल्लो दिन एकाएक बेपत्ता भएका खरेल भारतमा सुरक्षित !