ओली प्रधानमन्त्री बनेपछि भारतीय मिडियामा यस्तो हंगामा: ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’

Leaderboard Banner

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली नेपालको ४१ औँ  प्रधानमन्त्री नियुक्त भएपछी भारतीय सञ्चार मध्यमहरुमा हंगामा नै मच्चिएको छ।

विभिन्न भारतीय पत्रिकाहरूले आफ्नै खालका विचार र बिश्लेषणहरु धमाधम प्रकाशन गर्न थालेका छन् । यसैबीच भारतको एक ठूलो अंग्रेजी पत्रिका “द न्यु इन्डियन एक्सप्रेस” मा ओली प्रधानमन्त्री भएपछी नेपालले भारतलाई बाई बाई गर्ने र चिनसँग सम्बन्ध बढाउने भन्दै बिश्लेषण गरेको छ।    रामानन्द सेनगुप्ताको बाईलाईनमा शुक्रवार एउटा विश्लेषण आएको छ ।

“द न्यु इन्डियन एक्सप्रेस” का लागि रामानन्द सेनगुप्ताले देखेको उक्त समाचारको हेडलाईनमा भनिएको छ, ‘खड्ग प्रसाद ओली प्रधानमन्त्री बनेसँगै दिल्लीलाई बाई बाई र बेईजिङ्गलाई स्वागत !’ रामानन्द समाचारमा लेख्छन्, चीननिकट ओलीले सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीको लागि भारतलाई दोष दिएका थिए। त्यसैवर्ष ९ महिनामा सरकार गिर्दा पनि भारतको इशारामा भएको भन्दै आरोप लगाउने ओली अहिले पुन प्रधानमन्त्री भएका छन् ।

ओलीमाथि  भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका भनि उनले आरोप लगाएका छन्। ओलीले  सन् २०१५ (२००७२ साल) मधेसीहरुले लगाएको  नाकाबन्दीका बेलामा पाएको सबै पिडा र  दुःखका लागि भारतलाई दोषी मान्छन् । यस्तो अवस्थामा ओली भारतप्रति लचिलो हुने अवस्था छैन। अर्को कुरा ओलीले एक्कासी भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुने र त्यो ओलीले गर्ने नसक्ने समाचारमा उल्लेख गरिएको छ।

यो समाचार तयार पार्दा रामानन्दले नेपाली राजनीतिक विश्लेषक युवराज घिमिरेसँग अबको ओली र भारत सम्बन्धबारे कुरा गर्दा  घिमिरेले ओलीले देखिनेगरी चीनसँग निकटता बढाएकोले भारत स्वाभाविक रूपमा चिन्तित भएको र भारतीय नाकाबन्दीको प्रतिशोधस्वरूप ओली चीनसँग नजिकिएको बताएको पनि समाचारमा उल्लेख छ ।’

समाचारमा अर्का नेपाली पत्रकारलाई पनि यसबारे सोधिएको र उनले सिधै काठमाडौंको कुरा गर्दा अब बाईबाई दिल्ली, हेलो बेइजिङ हो । यसलाई स्वीकार्नुस् ।’ भन्दै प्रतिक्रिया दिएको बताईएको छ।

प्रकाशित : शुक्रबार, फागुन ०४, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१९ वर्षीय युवकले गोलि चलाउदा १७ जनाको मृत्यु!