प्रदेश ४ मा पनि भयो यस्तो लफडा: माओबादी बिनाको २ सदस्यीय मन्त्री मण्डल गठन

Leaderboard Banner

कास्की । केन्द्र सरकारमा माओवादी केन्द्रले ओली नेतृत्वको सरकार कुनै पनि मन्त्री नपठाएको ताजा अवस्थामा  प्रदेश ४ मा पनि यस्तै घटना दोहोरिएको छ।

एमाले माओबादी केन्द्रको हिजो राती अबेरसम्म बिहान बसेको बैठक निष्कर्षबिहिन बनेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन् । दुई पार्टीबीच सहमति नजुटेपछी आज प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्य मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ र उद्योग मन्त्रीमा रामशरण बस्नेत सपथ ग्रहण गराएका छन्।

माओवादी केन्द्रका नेता देव गुरुङ र दिनानाथ शर्मा सहित भएको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेपछि बस्नेतलाई मात्रै मन्त्री बनाइएको छ। बस्नेत एमालेका वैकल्पिक केन्द्रिय सदस्य हुन्। बस्नेतले गोरखा १ को ‘ख’ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका हुन् ।

प्रकाशित : शुक्रबार, फागुन ०४, २०७४११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक: जीवनस्तरमा छायो नौलो आयाम