ओली प्रधानमन्त्री बनेपछि रवीन्द्र मिश्रले दिए रोचक प्रतिक्रिया

Leaderboard Banner

काठमाडौँ ,  नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि रवीन्द्र मिश्रले सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

बिहीबार ओलीले प्रधानमन्त्री पदको सपथ लिएसँगै मिश्रले ओली र प्रचण्ड बारे रोचक प्रतिक्रिया दिएका हुन् । उनले ओली र प्रचण्डले जीवनमा धेरै पीडा भोगेको र उनीहरुको ध्यान सत्कर्ममा केन्द्रित भयो भने मुलुकले ५ वर्षमा ठुलो फड्को मार्न सक्ने बताएका हुन् ।

उनि लेख्छन्:

“कहिलेकाहिँ मान्छेमा पीडाले अध्यात्म जगाउँछ। नव-नियुक्त प्रधानमन्त्री केपी ओली र उनलाई समर्थन गर्ने पूर्व-प्रधानमन्त्री प्रचण्ड दुबैले जीवनमा धेरै पीडा बेहोरेका छन्। जीवनको यो कालखण्डमा विगतका पीडाले उनीहरूमा अध्यात्म जागिदियो र उनीहरूको ध्यान सतकर्ममा केन्द्रित भयो भने यो देशले आउँदो ५ वर्षमा ठूलो फड्को मार्न सक्छ। तपाईंहरूलाई धेरैधेरै शुभकामना! “

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ