एमाले अध्यक्ष ओलीले दिउँसो ४ बजे प्रधानमन्त्रीको सपथ लिने

Leaderboard Banner

काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । शेरबहादुर  देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिएकाे घाेषणा गरेसंगै  राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन्। यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई  प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालको विश्व कप २०१९ को छनोट यात्रा: अब नेपालले यी ठूला टिमहरुसँग खेल्नु पर्नेछ