काठमाडाै । प्रदेश नं १, २ र ५मा अाज मुख्यमन्त्रीले पद तथा गाेपनियताकाे सपथ ग्रहण लिने भएका छन । सपथ ग्रहण संगै प्रत्येक प्रदेशमा मन्त्रीमण्डलकाे गठन गरीने छ ।
प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले बिहीबार सपथग्रहण गर्दैछन् भने प्रदेश नं १ मा शेरधन राई र ५ नं मा शंकर पोखरेलले सपथ ग्रहण गर्न लागेका हुन ।एमालेको एकल बहुमत रहेको प्रदेश १ मा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार गठन हुनेछ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो ३ बजे वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङसँग शपथ लिँदैछन्।
त्यस्तै प्रदेश नं २ मा लालबाबु राउतले बिहान ११ बजे प्रदेश प्रमुख रत्नेश्वर कायस्थसँग राउतले शपथ लिनेछन्। २ को १०७ सदस्यीय संसदमा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन सरकार गठनको लागि बहुमत हो । मुख्यमन्त्रीले अाज नै सपथग्रहण गर्ने भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अावास र अन्य मन्त्रीहरूको समेत कार्यालय तयार गरिदैछ ।
प्रदेश नं ५मा पनि शंकर पोखरेलले अाजै मुख्यमन्त्रिका लागी सपथ ग्रहण गर्न लागेका छन । दिउँसो ३ बजे प्रदेश प्रमुख उमाकान्त झासँग शपथ लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्रीको सपथ ग्रहणसँगै प्रत्येक प्रदेशमा सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी पनि भइरहेको छ ।