सनसनीपूर्ण किर्केट खेल्दै क्यानाडालाई हराएपछि यसरी मनाए नेपाली खेलाडीले उत्सव (भिडियो)

Leaderboard Banner

काठमाडौं । हिजो भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु किर्केटमा नेपालले सनसनीपूर्ण खेल खेल्दै अन्तिम बलमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको लागि आफ्नो स्थान पक्का गरेको छ ।

नेपालको यस जितको अहिले सर्वत्र चर्चासँगै प्रशंसा भैरहेको छ । क्यानडा विरुद्धको खेलमा सुरु देखिने दवावमा देखिएको नेपालले क्यानडाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य अन्तिम बलमा अन्तिम विकेटनै बाँकी छँदा भेट्टाएको हो । नौं नम्बरमा ब्याटिंग गर्न आएका कारण केसीले चमत्कारिक ब्याटिंग गर्दै नेपाली टोलीलाई जित दिलाएका हुन्।

खेलका नायक करण केसीलाई अन्य खेलाडीहरुले उचालेर विजयउत्सव मनाउदै

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रनको आवश्यकता थियो। क्रिजमा थिए, कारण। उनले लगातार चार बल डट खेले अब नेपालले लगभग जितको आश मारिसकेको थियो। तर, पाँचौं बल छक्का हान्दै कारणले पुन: जितको आश जगाए । उनको छक्काले क्यानडाका बलर दवाबमा देखिए।  उनले नेपाललाई जितको लागि २ रन चाहिएको अवस्थामा वाइड बल फाल्दै नेपाली टोलीलाई एक अतिरिक्त रन उपहार दिए।

अब दुबै टिमको स्कोर ड्र भयो। अब अन्तिम बलमा मात्र थियो नेपालका लागि जित निकाल्न र रन पनि मात्र एक रन नै चिएको अवस्था थियो। जुन छक्का र चौकाको बर्षात गरिरहेका करणका लागि सामान्य नै थियो। करणले ३१ बल खेल्दै ३ चौका र चार छक्का प्रहार गर्दै ४२ रनको विजयी पारी खेल्दै नेपालको लागि जित दिलाउने नायक बने।   यस संगै नेपाल डिभिजन टूको फाइनलमा पुगेको छ।  यति मात्र हैन नेपालले अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोटको टिकट पनि पाएको छ।

क्यानडाविरुद्ध अपेक्षा भन्दा निकै परको सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाली खेलाडीहरुले मैदानभित्र मात्रै नभएर मैदान बाहिर ड्रेसिङ रुममा पनि नैकै हर्सोल्लासका साथ उत्सव मनाएका छन्  । जुन भिडियो किर्केटको सर्वेच्चव संस्था आईसिसीले ट्वीट गरेको छ

हेर्नुस्, जितपछि नेपाली खेलाडीहरुको खुसीको उत्सव  (भिडियो)

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

देउवाद्वारा प्रधानमन्त्री पदबाट राजीनामा,सम्वोधनमा के भने [ भिडियो ]