बाख्रा हेर्न गएकी सुस्त मनस्थितिकी बालिका बलात्कृत

Leaderboard Banner

लमजुङ – लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् ।  ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।

बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ ।

३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो । आजको अन्नपूर्ण पोस्टमा यो खबर  छापिएको छ ।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४०८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओली आज प्रधानमन्त्री बन्दै