प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

Leaderboard Banner

काठमाडौँ, आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । -रासस

प्रकाशित : बुधबार, फागुन ०२, २०७४२०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने