भोलिको तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल [ २०७४ फाल्गुन ३ गते ]

Leaderboard Banner

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) भोलि तपाईले सोचे जस्तो आर्थिक लाभ मात्र नभई भौतिक एबमं सामाजिक लाभ मिल्ने देखिन्छ। भोलि तपाईको दिन सम्पूर्ण तवरबाट सफल साबित हुने देखिन्छ। भोलि तपाईको आफन्तजनसँगको भेट मिठो भोजन प्राप्तिमा परिणत हुने देखिन्छ। भोलि तपाईको उच्च अधिकारीहरूसँग महत्वपूर्ण मुद्दाहरू छलफल रहने दिन परेको छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) भोलि तपाईलाई लामो दूरीको यात्रा गर्ने मौका मिल्न सक्ला भने भोलि तपाईको यात्रा सफल पनि रहने देखिन्छ। भोलिको दिनमा तपाईले सामाजिक क्षत्रमा प्रसिद्धि प्राप्त गर्नु हुने देखिन्छ। भोलि तपाईको सामाजिक दायित्वो पुरा गर्न तपाई सफल रहनु हुने देखिन्छ भने भोलि तपाईको स्वास्थ्यमा पनि सुधार आउने दिन परेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) भोलि तपाईलाई निर्णय लिन समस्या पर्ने देखिन्छ भने भोलि सोच्दै नसोची बोल्नु भएमा तपाईलाई झमेला आइपर्ने दिन परेको छ। भोलि तपाईले निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनु पर्ने देखिन्छ। भोलि तपाईको व्यवहारका कारण लज्जित रहनु पर्ने देखिन्छ। भोलि तपाईको कुनै पनि प्रकारको नयाँ लगानी गर्नको लागि शुभ देखिन्न।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) भोलि तपाईको अनुसूचित कार्य पूरा हुनेछ। भोलि तपाईको भाग्य वृद्धिको पनि योग देखिन्छ। सार्वजनिक सम्बन्धले तपाईको हरेक कार्य सहज बनाउने देखिन्छ। भोलि दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको सम्बन्ध प्रगाढ भएर जाने दिन परेको छ।भोलि तपाईलाई व्यवसायको क्षत्रमा धेरै मान-सम्मान मिल्ने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) भोलि तपाईको रचनात्मक र कलात्मक शक्ति वृद्धि हुने देखिन्छ भने भोलि महत्त्वपूर्ण निर्णयहरू लिनको लागि तपाईलाई खासै गार्हो नपर्ने देखिन्छ। भोलि भविष्यको लागि वित्तीय योजना बनाउनको लागि एकदमै शुभ दिन रहेको छ।भोलि तपाईको आर्थिक पक्ष सवल रहने देखिन्छ भने भोलि तपाई परोपकारको कार्यमा व्यस्त रहनु हुने देकिन्छ। शत्रुहरूका कारण भने तपाईलाई भोलि समस्या हुन सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) भोलि मनमा उदासीनता छाउने छ। भोलि सानो सानो कुराका कारण चिन्ता बढ्ने देखिन्छ। भोलि आफु भन्दा उच्च अधिकारीहरूले तपाईलाई सताउन सक्ने हुँदा सजक रहनु होला। भोलि प्रतिकूल संयोगका कारण तपाईको कार्य सिद्धिमा विलंब हुन जाने देखिन्छ। भोलि तपाईको खर्च पनि बढेर जाने देखिन्छ भने भोलि परिवारमा पनि मन-मुटाब रहने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) भोलि तपाईको दिमाग विचलित रहन सक्ला। भोलि तपाईको विरोधीहरु सक्रिय रहने दिन परेको छ। भोलि तपाईको खान-पानमा हुने लापरवाहीको कारण तपाईको स्वास्थ्य बिग्रने देखिन्छ।अचानक खर्चको संभावना देखिन्छ। भोलि आत्मबलमा गिरावट आउने हुँदा कार्य सफलतामा कमि आउने देखिन्छ। दुविधापूर्ण मानसिक प्रवृत्तिका कारण निर्णय लिनको लागि असमर्थ भइने छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)भोलिको दिनमा कार्यसफलता, आर्थिक लाभ साथै भाग्यविद्धि पनि तपाईलाई मिल्ने देखिन्छ भने भोलि भोलि तपाईलाई कानुनी कार्यमा पनि सफलता मिल्ने देखिन्छ। तर पनि भोलि तपाईले आफ्नो स्वास्थ्यको भने ख्याल राख्नु पर्ने देखिन्छ। मित्र र नातेदारहरूसँग भेट-घाटको माहोल रहन सक्ने देखिन्छ। भोलि अध्ययनमा पनि तपाईलाई साथ मिल्न सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius ) भोलि तपाईलाई सरकारी कार्यबाट मुनाफा मिल्ने देखिन्छ। भोलि तपाईले नयाँ कार्यमा लगानी गर्नु भएमा तपाईलाई राम्रो लाभ मिलन सक्ला। भोलि तपाईलाई परिवारको स्वास्थ्यका कारण चिन्तित रहनु पर्ने देखिन्छ भने भोलि तपाईको कोहिसँग पनि भ्रमको स्थिति शिर्जना हुन सक्ने हुँदा तपाईको भोलिको दिनलाई मध्यम फलदायी मान्न सकिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) भोलि प्रेमी-प्रेमिका सँग रोमान्चित यात्रा रहने देखिन्छ भने भोलि तपाईको परिवारसंगको सम्बन्धमा पनि सुधार आउने देखिन्छ। भोलि तपाईमा आध्यात्मिकता पनि हावी रहन सक्ला। भोलि आय ब्रिधि हुन सक्ला। भोलि तपाईको सामाजिक क्षत्रमा छुट्टै पहिचान बन्ने देखिन्छ भने भोलि तपाईलाई उचित मान-सम्मान पनि मिल्न सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) भोलि तपाईले आर्थिक लेन-देन साथै जग्गा-जमिन खरिद बिक्रिमा ध्यान राख्नु पर्ने देखिन्छ। भोलि सकेसम्म कानुनी कार्यमा नपरेकै उचित रहन सक्ला। भोलि तपाईमा एकाग्रताको कमि रहने देखिन्छ भने भोलि तपाईलाई स्वास्थ्यले पनि खासै साथ नदिन सक्ला। भोलि तपाईको खर्च बढेर जान सक्ला,संयम रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)भोलि तपाई मित्रहरूबाट लाभ उठाउन सफल रहनु हुने देखिन्छ भने भोलि उचित क्षत्रमा लगानी गर्न सफल भइने देखिन्छ। भोलि तपाइको सामाजिक सेवामा चासो मात्र नभई लगभ बढेर जाने दिन परेको छ। तर मनमा कुरा राख्न नसक्दा आफैंलाई घाटा पुग्ने देखिन्छ। घरबाट सुसमाचार प्राप्त हुने योग देखिन्छ।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४२०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल!!