५० वर्षीय नेपालको रुखबाट लडेर मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर।

नुवाकोट, विदुर नगरपालिका–६ चनौटेका भीमनाथ नेपालको रुखबाट लडेर आज मृत्यु भएको छ ।

आफ्नै खेतको रूखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ५० वर्षीय नेपालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । -रासस

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नदी किनारामा फालिएको नवजात शिशुको उद्धार