Connect with us

अन्तराष्ट्रिय

खुल्ला दिसापिसाव मुक्त क्षेत्र घोषणा गर्ने स्वास्थ्य मन्त्री नै यस्तो अवस्थामा भेटिएपछि: फोटो भाईरल

एजेन्सी । स्वच्छताको अभियान चलाउने स्वास्थ्य मन्त्रालयका मन्त्रीले नै आफ्नो सवारी साधन रोकेर सडक छेउमै पिसाव गरेपछि उनको आलोचना भएको छ।

यो घटना भारतको राजस्थानको हो। स्वच्छ भारत अभियानको लागि भारतको  केन्द्रले राज्य सरकारहरुलाई करोडौँ बजेट बिनियोजन गरीरहेको अवस्थामा स्वास्थ्य मन्त्रीबाटै यस्तो प्रकारको घटिया हर्कत भएको भन्दै अहिले भारतभर ति सडक छेउमै पिसाव गर्ने मन्त्रीको तिब्र आलोचान भएको छ।

वातारण स्वच्छ राख्न खुल्ला स्थानमा दिसा पिसाव नगर्न भन्दै भाषण गर्ने मन्त्री जी नै यस्तो अवस्थामा भेटीएको भन्दै जयपुरमा मंगलवार देखि यो फोटो सोशल मीडियामा भाईरल भइरहेको छ। फोटो भाईरल गर्ने व्यक्तिले दावी गरेका छन्, की फोटोमा पिसाव गरिरहेका व्यक्ति राजस्थानका चिकित्सा मन्त्री कालीचरण सराफ हुन् ।

यो तस्विरमा नजिकै सरकारी गाडी र उनका सहयोगी पनि देखिएका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!