प्रदेश नं २ः सभामुखले लिए हिन्दीमा सपथ

Leaderboard Banner

काठमाडाै । प्रदेश नं २ काे सभामुखमा नियुक्त भएका राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई शपथ ग्रहण गराएका थिए ।

सभामुख यादवले प्रदेश प्रमुखले नेपालीमा सपथ ग्रहण गराइरहदाँ हिन्दिमा सपथ ग्रहण गरेका थिए । यादवलाई सभामुखमा नियुक्त गरियोस् भन्ने प्रस्ताव राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले संसदमा पेश गरेका थिए भने त्यस प्रस्तावलाई संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउतले समर्थन गरेका थिए। यादवलाई सभामुख पदमा नियुक्त गर्न एकमात्र प्रस्ताव संसदमा दर्ता भएको थियो। उनी निर्विरोध सभामुख बनेका हुन्।

यादव  बारा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका सांसद हुन ।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१८:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद