Connect with us

खेलकुद

नेपालले क्यानाडाविरुद्ध जवाफी ब्याटिंग गर्दै, यस्तो छ ताजा स्कोर

काठमाडौँ । विश्व किर्केट लिग (आईसीसी) डिभिजन २ अन्तर्गत आज भैरहेको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउदै नेपालले जवाफी ब्याटिंग गरिरहेको छ ।

नेपालका लागि ओप्निङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र दिलिपनाथ मैदानमा उत्रिएका छन्। उपकप्तान समेत रहेका मल्लले १८ खेल्दै २ रन बनाएका छन् भने अर्का ओपनर दिलिपनाथले १२ बल खेल्दै १० रन बनाएका छन्। नेपालले ताजा स्थितिमानेपालको स्कोर ५ ओभरको खेल सकिंदा ९ रन भएको छ ।

यस अघि क्यानडाले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १९४ रन बनाएको थियो । उसका  लागि श्रीमान्था वाइजी रत्नेले १०३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन। हम्जा तारिकले ३० बल २ छक्कासहित २४ रनज जोडे। एसएस धिन्साले १८, सादविन जफरले १०, आर गुनसेकराले ९ रन, एन आर कुमारले ५ रन  प्रहार गरेका थिए ।

त्यसैगरी फिल्डिङ तरफ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सन्दिप लामिछाने २ विकेट लिए।  त्यसैगरि सरद भेषवाकर र करण केसी १  लिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!