Connect with us

मुख्य

अहिले एमाले र माओबादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्दै: आजै पार्टी एकता हुने

काठमाडौँ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त एकता संयोजन समितिको बैठक अहिले ललितपुरको मानभवनमा बसिरेहेको छ ।

अहिले बसिरहेको पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक बसेको थियो । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । भनेपार्टी एकतालाई अन्तिम रुप दिन आजै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बैठक बसेको बुझिएको छ ।

तस्विर – शरोज दाहाल, बिगुल न्यूज

आज बिहानदेखि आन्तरिक छलफल चलिरहेका दुवै पार्टीले दिउँसो २ बजेका लागि एकता संयोजन समितिको बैठक तोकेका थिए । तोकिएको समय भन्दा केहि अबेर गरि बसिएको उक्त बैठकमा दुवै पार्टीका शिर्षथ नेताहरु सहभागी रेहेका छन्।

आजै एकीकृत नेकपा पार्टी पूर्ण खाकासहित पार्टी एकताको घोषणा हुने स्रोतले बताएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!