Connect with us

खेलकुद

विश्व किर्केट लिग: क्यानडाले नेपाललाई दियो यस्तो सम्मानजनक लक्ष्य

काठमाडौँ । विश्व किर्केट लिग (आईसीसी) डिभिजन २ अन्तर्गत आज भैरहेको खेलमा क्यानडाले १९५ रनको सम्मानजनक लक्ष्य नेपालसामू प्रस्तुत गरेको छ।

क्यानडाले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १९४ रन बनाएको हो। उसका  लागि श्रीमान्था वाइजी रत्नेले १०३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन। हम्जा तारिकले ३० बल २ छक्कासहित २४ रनज जोडे। एसएस धिन्साले १८, सादविन जफरले १०, आर गुनसेकराले ९ रन, एन आर कुमारले ५ रन  प्रहार गरेका थिए ।

फिल्डिङ तरफ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सन्दिप लामिछाने २ विकेट लिए।  त्यसैगरि सरद भेषवाकर र करण केसी १  लिएका छन्।  नेपालले केहिबेरमा जवाफी ब्याटिंग गर्दैछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!