सूर्यग्रहण २०१८ विशेष: भुलेर पनि नगर्नुहोस् यी ०७ कामहरु , जिन्दगीभर अशुभ प्रभाव पर्नेछ

Leaderboard Banner

एजेन्सी – १५ फेब्रुअरीको आधा रातबाट लाग्ने सूर्यग्रहणको प्रभाव नेपालमा पनि पर्नेछ। त्यसकारण भुलेर पनि यी सात कामहरु नगर्नुहोला।

भोलि बिहिबार रातको मध्याह्न १२:४० मिनेटमा सूर्यग्रहण लाग्नेछ। यो बिहान ४:१८ बजे सम्म रहनेछ। ज्योतिषाचार्यका अनुसार यस दिन भुलेर पनि यी कामहरु गर्नुहुदैन। अन्यथा जिन्दगीभर यसको अशुभ प्रभाव पर्नेछ।

  • यस सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्नुहुदैन। यदि तपाईले हेर्नुभएमा तपाईको आँखा बिग्रन सक्ने खतरा हुन्छ। यसका लागि एक विशेष किसिमका चस्मा लगाएर सूर्यग्रहण हेर्न सकिन्छ।
  • वृद्ध, अशक्त र बालबालिका बाहेक अरु कसैले पनि ग्रहण कालमा भोजन नगर्नुहोला।
  • काम वासनाको प्रवृत्ति हुनु हुँदैन। यसले तपाईको जीवनमा नकारात्मक प्रभाव पार्नेछ।
  • यस दिन साधु सन्तहरुको मजाक उडाउनु हुदैन। यसले तपाईको सफलतामा खराब प्रभाव पार्छ।
  • गर्भवती स्त्रीको सन्तानको सुरक्षाको लागि ग्रहण कालमा बाहिर निस्कनुहुदैन। साथै कुनै पनि सागसब्जी या खाद्यपदार्थ नकाट्नुहोला।
  • ग्रहणको समयमा मन्दिरको द्वार पनि बिल्कुल खुला नराख्नुहोला। भगवानलाई पनि ग्रहणको दर्शन दिनु हुदैन। यदि तपाईले मन्दिरको ढोका खुल्लै राख्नुभएमा घरमा सुख समृद्धि कहिल्यै आउँदैन।
  • कुनै पनि खाद्य वस्तुहरू खुल्ला नराख्नुहोस्। साथै खाद्य वस्तुहरूमा तुलसीको पात अनिवार्य राख्नुहोस्। यसले घरमा नकारात्मक ऊर्जा ल्याउँदैन।
प्रकाशित : बुधबार, फागुन ०२, २०७४१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सूर्यग्रहण शुरु: ग्रहणको प्रकोपबाट बच्न जप गर्नुहोस् यस मन्त्र, नत्र हुनेछ क्षति!