प्रदिपले घुम्न जाउँ भनेपछि रिसाईन् जसिता [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ,  चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोल रहेको यस गीतको भिडियोमा चर्चित  युवा स्टार प्रदीप खड्का र  नव-नायिका जसिता गुरुङको फिचरिङ्ग रहेको छ। भिडियोमा प्रदीपले रिसाएकी जसितालाई फकाइरहेको देख्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा एस.डी. योगीको स्वर रहेको छ। यस भिडियोमा  स्कटल्याण्डको सौन्दर्य दृश्य देख्न सकिन्छ। साथै यस गीतमा नृत्य गरि आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने र  युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिने चलचित्र निर्माण टिमले  घोषणा गरेका छन्  । चलचित्रमा  प्रदीप र जसिताकासहित अनुप विक्रम शाही,  प्रियंका कार्की, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त लगायतका कलाकारहरुको अभिनय रहनेछ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा मिलन चाम्सले  निर्देशन गरेका छन् ।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१४:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भद्रगोलबाट निकालिए ‘जिग्री’ र ‘पाडे’, राखियो नयाँ कलाकार!