नेपाललाई पहिलो सफलता: क्यानडाका बिस्पोटक ब्याट्सम्यान गुनासेकेरा आउट

Leaderboard Banner

काठमाडौँ । अहिले नेपाल र क्यानाडाबीच भैरहेको आईसीसी विश्व क्रिकेट लिग किर्केटमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका लागि पहिलो सफलता बसन्त रेग्मीले दिलाएका हुन्।

उनले क्यानडाका बिस्पोटक श्रीलंकाली ब्याट्सम्यान रुभिन्दु गुनासेकेरालाई व्यक्तिगत ९ रनमा रोहितकुमार पौडेलको हातबाट  क्याच आउट गराएका हुन्।अहिले  क्यानडाले  ताजा स्थितिमा १३ ओभरको खेल हुँदा १ विकेटको नोक्सानीमा ५७  रन बनाएको छ ।

उसका लागि ओपनर श्रीमन्था व्यिजरआन्तेले ४५  बल खेल्दै  ३४  रन बनाएका छन् भने दास्रो नम्बर नम्बर अहिले मैदान प्रवेश गरेका ब्याट्सम्यान नितेश कुमारले ११ बल खेल्दै ५ रन बनाएका छन्। नेपालले क्यानडाको पहिलो विकेट  चट्क्याए पनि ओपनर व्यिजरआन्ते भने नेपालका लागि लगातार खतरा बनिरहेका छन्।  उनले लगातार राम्रो प्रदर्शन गरिरहेको अवस्थामा नेपाललाई समस्या पर्न सक्छ।

त्यसैले जतिसक्दो छिटो नेपालले अर्को विकेटको खोजी गर्नु जरुरी देखिएको छ, यतिखेर।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डिभिजन २ किर्केट: सन्दीपले दिलाए नेपाललाई दास्रो सफलता