Connect with us

खेलकुद

नेपालले टस जितेर फिल्डिङ गर्दै: आज नेपालले जित हात पर्ने यस्तो छ एउटा मात्र आधार

काठमाडौं । अहिले नामेबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत क्यानाडाविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ  ।

आजको खेल नेपाल र क्यानडा दुबैका लागि निकै महत्वपूर्ण रहेको छ। अंक तालिका,मा ३ जित र एक हार सहित समान अंकमा रहेका नेपाल र क्यानडा मध्य नेपाल रनरेटमा तल पर्दै तस्रो स्थानमा रहेको छ भने क्यानडा अंकतालिकाको शिर्ष स्थाननमा छ।  आज जित हात पर्ने टोलीले सन् २०१९ मा हुने विश्वकप किर्केटको छनोट खेल्न पाउनेछ । त्यसैकारण पनि यी दुवै टोली गर या मरको स्थितिमा मैदान उत्रने छन्।

क्यानडामा भारत, पाकिस्तान र श्रीलंकाका थप्रै खेलाडीहरुले भरिएको क्यानाडाको टिम ब्याटिङमा निकै बलियो छ। तर नेपालको शशक्त बलिङका करणले गर्दा नेपालले आजको खेलमा जित हात पर्न सक्छ की भन्ने अपेक्षा नेपाली सुभचिन्तकको रहेको छ ।

आज नेपालले जित हात पर्ने एउटा मात्र आधार भनेको सन्दिप लामिछानेको बलिङ नै हो।  प्रतियोगिताभर नै निकै फर्ममा रहेका सन्दिपले केन्याबिरुद्धको खेलमा ५ विकेट लिंदै म्यान अफ द म्याच समेत भएका थिए।  खेल सुरु भैसकेको छ ।

ताजा स्थितिमा क्यानडाले १ ओभरको समाप्तिमा ६  रन बनाएको छ। उसका लागि ओपनर श्रीमन्था व्यिजरआन्तेले ६ रन बनाएका हुन्।त्यसैगरी बिस्पोटक श्रीलंकाली ब्याट्सम्यान रुभिन्दु गुनासेकेराले उनलाई ओप्निङ ब्याटिंगमा सघाइरहेका छन्

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!