अाजै राजिनामा दिने तयारीमा प्रधानमन्त्री देउवा

Leaderboard Banner

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै राजिनामा दिने भएका छन । निर्वाचन अायाेगले प्रतिनिध सभाकाे समानुपातिक तर्फकाे नतिजा राष्ट्रपति समक्ष बुझाएसंगै प्रधानमन्त्रीले राजिनामा दिने भएका हुन ।

दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयको आज अन्तिम दिन हो । त्यसैले आयाेगले दलहरुबाट संशोधित नामावली आए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका हुन् ।’सरकार गठनका बेला गरेका प्रतिबद्धताअनुसार नयाँ संविधानमा तोकिएका तीन तहका निर्वाचन सम्पन्न भएका छन्, प्रधानमन्त्री यसैका बारेमा राष्ट्रका नाममा सम्बोधन गरी राजिनामाकाे घाेषणा गरीने स्राेतले जनाएकाे छ ।

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सर्वप्रथम २७ भदौ २०५२ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि क्रमशः ११ साउन ०५८ ,२१ जेठ ०६१ र पछिल्लोपटक २३ जेठ ०७४ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालले टस जितेर फिल्डिङ गर्दै: आज नेपालले जित हात पर्ने यस्तो छ एउटा मात्र आधार