भाईरल भएको २ दिनपछि प्रियामाथि लाग्यो गम्भीर आरोप, पुलिसमा उजुरी!

Leaderboard Banner

एजेन्सी, एजेन्सी , रातारात छोटो भिडियोबाट  नै  भाईरल बनेकी प्रिया प्रकाश यतिबेला समस्यामा परेकी छिन्।  हैदराबादको मुस्लिम यूथले प्रिया प्रकाशको विरुद्ध पुलिसमा उजुरी दर्ता गराएका छन् ।  उजुरीमा फिल्म मेकर उमर लूलू र प्रिया प्रकाशमाथि मुस्लिमहरुको भावनालाई चोट पुर्याएको गम्भीर आरोप लगाईएको छ। उजुरीअनुसार ‘Manikya Malaraya Poovi’ गीतको अंग्रेजीमा अनुवाद गर्दा मुस्लिमहरुको अगमवक्तालाई बेइज्जत गरेको प्रतित हुन्छ।  २ दिन पहिले प्रियाको एक भिडियो सामाजिक संजालभरि भाईरल बनेको थियो।

हैदराबादको एक व्यक्तिले फेसबुक लाईभमा यस गीतको लिरिक्सको बेइज्जत गरेको भनेका छ । उक्त व्यक्तिको नाम अदनान कमर हो । अदनानले गितको अंग्रेजी ट्रान्सलेशन पनि शेयर गरेका छन् । मुस्लिम समुदायले प्रिया प्रकाशको एक्सप्रेशन र गीतको लिरिक्सलाई लिएर आपत्ति जनाएका छन् । पुलिसले एफआईआर (FIR) पनि दर्ता गरेको छ ।

 

एफआईआर लेखाउने व्यक्ति मोहम्मद अब्दुलले भने कि उनीहरुलाई प्रियाले चलचित्रमा काम गरेको कुनै आपत्ति रहेको छैन। चलचित्रको यस गितलाई शान रहमानले कम्पोज गरेका छन् । यसको अलावा हिजो यानी १३ फेब्रुअरीमा चलचित्र ‘ओरू अदार लव’ को टीजर लन्च भएको छ । यसमा पनि प्रिया प्रकाशले आफ्नो अभिनयको कारण दर्शकको मन जित्न सफल भएकी छिन् ।

 

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सन्नी लियोनी देखि प्रियंका सम्मलाई पछि पारिन् प्रियाले, यस्तो छ वास्तविकता!