Connect with us

राजनीति

प्रचण्डले गरे यस्तो खुलासा, लाग्ला त भोलिसम्ममा पार्टी एकताको टुङ्गो ?

चितवन,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताएका छन् ।

मंगलबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा भोलिसम्म टुङ्गो लाग्ने बताएका हुन् । पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उनले व्यक्त गरे ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए । देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उनले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति सम्झौताले दुरगामी परिवर्तन ल्याउन सफल भएको बताए । नेपालमा भएको शान्ति सम्झौताले विश्वको ध्यान केन्द्रित गराउन सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशु कक्षादेखि कक्षा ५ सम्मको दुई तले नौ कोठे भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठलगायतले बोलेका थिए । रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!