पैदल हिडिरहेका रिजाललाई बसले ठक्कर दिँदा मृत्यु: २ जना घाईते

Leaderboard Banner

इटहरी । जिल्लाको दुहवी नगरपालिका क्षेत्रको कोशी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा अरु दुईजना गम्भीर घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । टहरीबाट विरानटगरतिर जाँदै गरेको ना ३ ख ९८६० नम्बरको बसले सुनसरी बराह नगरपालिका–६ घर भई दुहवी सडकखण्डमा पैदल हिडिरहेका ५५ वर्षीय डेकराज रिजाललाई ठक्कर दिएपछि रिजालको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सोही बसको ठक्करबाट बराह नगरपालिका ६ कै ४० वर्षीय सन्तोष कोइराला र दुहवी नगरपालिका–४ का १७ वर्षीय राजन चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चिनबाट निगमका थप दुई विमान आज दिउँसो काठमाडौँ उत्रिए