Connect with us

मुख्य

प्रचण्ड र ओलीबीच भएको वान टू वान वार्ता सकियो: भयो यस्तो सहमति भएको खुलाशा

काठमाडौं । पार्टी एकताको विषयलाई निष्कर्षमा पुर्याउन भन्दै मंगलबार साँझ ५ बजेतिर बसेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बिचको बैठक भर्खरै सकिएको छ ।

ललितपुरको मानभवनमा व्यवसायी शारदा अधिकारीको घरमा बसेको उक्त गोप्य बैठकले पार्टी एकतालाई करिव अन्तिम रुप दिएको बुझिएको छ । अध्यक्ष द्वयबीच भएको करिव ४५ सम्म बसेको उक्त बैठकले बुधबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको स्रोत बताएको छ । जनयुद्ध दिवसको अवसरमा आज नै पार्टी एकता गर्ने तयारी गरिएको भनिएपनि सोमबार (हिजो) मानभवनमै बसेको ओली र प्रचण्डबीचको बैठकमा  एकीकृत पार्टीको अध्यक्ष को बन्ने बिषय टुंगो नलागेका कारण आज पुन: ओली र प्रचण्डबीच वार्ता बसेको हो। आजको गोप्य वार्ताबाट सकभर भोलिनै पार्टी एकताको घोषणा गर्ने, पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको स्रोतले दावी गरेको छ।

आजै कुटनीतिक नियोगका प्रतिनिधीहरुसंग भेटवार्ता हुनु र आजै दुई नेताबीच गोप्य बैठक बसेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुर्याउनुलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ। स्मरण रहोस आजै बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टर र जापानी राजदुतले प्रचण्डलाई भेटेका थिए।  त्यसैगरी बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरले एमाले अध्यक्ष ओलीलाई पनि भेटेका थिए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!