त्रिभुवन विमानस्थल आगो लागेपछि उडान प्रभावित

Leaderboard Banner

काठमाडौँ । देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको छ। आगोका कारण केहीबेर उडान समेत प्रभवित भएको थियो।

विमानमा धुपरिएको फोहोरमा आगो लागेपछि उडान प्रभावित भएपनि आगोबाट विमानस्थलमा कुनै क्षति भएको छैन ।वर्षौँदेखि थुपारिएको प्लास्टिक तथा अन्य फोहोरमा आगो लागेको हो ।

विमानस्थलमा लागेको आगो निभाउन दुईवटा दमकल प्रयोग गरिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ भने विमानस्थलमा उडान पनि सुचारु भैसकेको विमानस्थलका एक कर्मचारिले बिगुल न्यूजलाई बताएका  छन् ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्ड र ओलीबीच भएको वान टू वान वार्ता सकियो: भयो यस्तो सहमति भएको खुलाशा