Connect with us

मुख्य

आज पनि ओली र प्रचण्डबीच वान टू वान वार्ता: के आउला त निष्कर्ष

काठमाडौं । पार्टी एकताको विषयलाई निष्कर्षमा पुर्याउन भन्दै हिजो गोप्य वार्तामा बसेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ आज पनि मा वान टू वान वार्तामा बसेका छन्।

केहीबेर अघि ललितपुरको मानभवनमा सुरु भएको ‘वान टू वान’ वार्ता हिजो बैठक बसेकै व्यवसायी शारदा अधिकारीको घरमा भैरहेको  हो ।अध्यक्षद्वय ओली र प्रचण्ड पार्टी एकताका विषयमा सहमति नजिक पुगेको खबर बाहिर आइरहेका बेला आज पनि पुन गोप्य वार्तामा बस्नुलाई निकै चासोको रुपमा हेरिएको छ ।

आज २३ औं जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यलायु पेरिसडाँडामा केहिबेर अघि आयोजित कार्यक्रममा प्रचण्डले आजै सहमति होस् भन्ने प्रयास आफूहरुको रहने बताएका थिए । यस्तो अवस्थामा बैठक बस्नुले आजै केहि न केहि निस्कर्ष निस्कन सक्ने सम्भावना रहेको आंकलन गर्न सकिन्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!