Connect with us

मुख्य

आजदेखि नेपाली चलचित्र उद्योगमा ‘बक्स अफिस’ लागू

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताएका छन्  ।

नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा आजदेखि लागू भएको ‘बक्स अफिस’ को उद्घाटनपछि मन्त्री बस्नेतले अर्बाैंको लगानी र हजारौँले रोजगारी पाएको चलचित्र क्षेत्र अब आर्थिक दृष्टिले समेत पारदर्शी हुने धारणा व्यक्त गर। विगतमा ‘बक्स अफिस’ लागू गर्ने सम्बन्धमा धेरै बहस भए पनि आवश्यक समन्वयको कमीले लागू हुन नसकेको बताउँदै उनले सरोकारयुक्त सबैको सहयोग र सक्रियताले आजदेखि लागू भएकामा खुशी व्यक्त गरे ।

कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलले बोर्डको लगानी र सक्रियतामा ‘बक्स अफिस’ लागू हुन लागेको अवगत गराउँदै यसलाई सफल बनाउन सरोकारयुक्त सबैको सहयोगको अपेक्षा गरिन् । कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले ‘बक्स अफिस’ ले चलचित्र क्षेत्र व्यस्थित र थप मर्यादित भई उद्योगका रुपमा स्थापना हुने धारणा व्यक्त गरिन् ।

यही फागुन ७ गतेभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्युतीय टिकेटिङ प्रणाली जडान भएका मल्टिप्लेक्स चलचित्र घरमा चलचित्र घर र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक उपकरण उपलब्ध गराइने बोर्डले जनाएको छ । केन्द्रीय सर्भर काठमाडौँको थापाथलीमा स्थापना गरिएको छ । पहिलो चरणमा उपत्यकामा लागू गर्न आगामी असार ३१ गतेसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्रघरमा विद्युतीय टिकेटिङ प्रणाली जडान गरी केन्द्रीय सर्भरसम्म लिंक गरेर पूर्णरुपमा लागू गरिने बताइएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!