बाँके, रक गायिका भनेर आफुलाई चिनाउने गायिका सरस्वती लामाले बाँकेको कोहलपुरमा आयोजना भएको औद्योगिक व्यापार तथा पर्यटन महत्सोवमा हंगामा मच्चाएकी छिन्। अश्लिल शैलीमा मनोरञ्जन गराउने उनि सामाजिक संजालमा निकै चर्चामा आएकी छिन् ।
महोत्सवमा ‘आकर्षण’ मानेर निम्त्याइएकी गायिका सरस्वतीले स्टेज चढेको केहि समयमा नै हंगामा मच्याइन् । उनले गित गाउदै कपडा उतार्न लागेपछि कार्यक्रम हेरिरहेका युवाहरु उत्तेजित भए । यतिसम्म कि ति युवाहरुलाई प्रहरीले पक्राउ गर्नुपर्ने स्थिति आयो । साथै प्रहरीले लामालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखेका थिए । त्यसपछि कार्यक्रम नै रद्द हुनपुग्यो ।
यो घटना यही शनिबारको हो। स्थानिय प्रहरीले आयोजकलाई अश्लिल शैलीमा मनोरञ्जन गराउने कलाकारलाई नबोलाउन अनुरोध गरे पनिआयोजकले नटेरेको कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराइले बताएका छन् ।