अाजदेखि रसुवागढी नाका बन्द

Leaderboard Banner

काठमाडाै । अाजदेखि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार बन्द हुने भएको छ । फागुन ४ गते पर्ने ग्याल्पो ल्होसार (अर्थात चिनियाँ नयाँ वर्ष) का कारण केरुङ भन्सारले एजेन्टले कन्टेनरमा शिल नगर्ने भएपछि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार नहुने भएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाका अनुसार  फेब्रअरी १२ तारिक देखि मार्च ६ सम्म केरुङमा रहेको प्राइभेट ट्रन्सपोट बन्द हुने भएपछि व्यापारीक कारोबार कम हुनेछ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकालाई चिनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अफगानी सेनाको आक्रमणमा ४३ लडाकूको मृत्यु