Connect with us

रोचक

भगवान मानिने डाक्टरले नै सयौ जनाको ज्यान लिएपछि…

एजेन्सी, अस्पताललाई मानिसको जिबन बचाउने घर भनिन्छ भने डाक्टर तथा नर्सहरुलाई भगवान मानिन्छ । तर कहिलेकाहीँ अस्पताल, आर्य घाटको रुपमा परिवर्तन हुन कती पनि बेर लाग्दो रहेनछ भन्ने कुरो जर्मनीमा भएको एउटा दर्दनाक घटनाले साबित गरेको छ । जर्मनीमा रहेको ब्रेमेन सहरको डेलमेनहस्र्ट अस्पतालमा ४० वर्षका एकजना निल्स हाएगेल नामक पुरुष नर्सले औषधिको ओभरडोज दिएर ९० जना बिरामीको हत्या गरेका छन् ।

उनले पहिले पनि सन् २०१५ मा  दुईजना मानिसको हत्या र अन्य ४ जनाको हत्या गर्ने प्रयास गरेका थिए । पुलिसका अनुसार सन् १९९९ देखि २००५ को बीचमा काम गरेका दुईवटा अस्पतालका १ सय ३० वटा लासको अनुसन्धान गरिएको थियो र कती मृत्युहरु शंकास्पद देखिएपछ निल्स हाएगेल नामक पुरुष नर्स अपराधी रहेको पत्ता लगायो । पुलिससँगको बयानमा आरोपी व्यक्ति हाएगेलले आफुले गम्भीर रुपले ९० भन्दा बढी बिरामी मानिसहरुलाई घातक सुई दिएर मरेको स्वीकार गरे। अहिले उनी जेर्मनी पुलिसको हिरासतमा छन ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!