चुम्बनबाट हुने खतराबारे जानीराखौ !

Leaderboard Banner

चुम्बन आजकल सामान्य बन्दै गएको छ। चुम्बन गर्नु नराम्रो होइन तर यसका फाइदा र बफाइदाबारे भने जानकारी हुन् आवश्यक रहेको छ। चुम्बन गर्दा पार्टनरको मुखसंग सिधा सम्पर्क हुने भएकाले केहि रोगहरु सर्न सक्छ। रोगहरु यसप्रकार छन्।

१. संक्रमणको खतरा: जब हामि कसैलाई चुम्बन गर्छौ तब हाम्रो मुखमा भएको किटाणु, भाइरस र थुप्रै  संक्रमणको खतरा हुन्छ।

२. रुघाखोकी : यदी तपाइको पार्टनरलाई रुघा लागेको छ भने पार्टनरको र्यालबाट यो रोग सर्ने गर्दछ । साथै खोक्दा, हाछ्यु गर्दा पनि यो रोग सर्न सक्छ।

३. फोका उठ्ने: फोका उठ्ने, ठेउला उठ्ने, खटिरा आउने जस्ता रोग पनि चुम्बनको माध्यमबाट सर्छ। र साथै यौन सम्पर्कबाट पनि सर्छ।

४. मस्तिष्कमा असर: हाम्रो मष्तिस्कको वरिपरिको जाली सुन्निने, घाँटी कडा हुने, ज्वरो आउने आदि जस्ता रोग निम्त्याउने जीवाणु चुम्बनबाटै सर्छ ।

५ श्वासप्रश्वासमा समस्या: चिसो, फ्लु, दादुरा, शास गनाउने जस्ता व्यक्तिसँग चुम्बन गरे यस्तो रोग तपाईमा सर्न सक्छ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाथ, मधुमेह र कोलस्ट्रोलबाट छुट्कारा पाउन ‘अदुवाको जुस’ [ यस्तो छ घरेलु उपाय ]