Connect with us

मनोरञ्जन

आँखा झिम्काएरै रातरात इन्टरनेटमा तहल्का पिटेकी प्रियाले भाईरल भएसँगै दिईन् यस्तो प्रतिक्रिया !

एजेन्सी । प्रणय दिवसको पूर्व सन्ध्यामा एक युवती आफ्नो सुन्दर आँखाको जिम्क्याईले  निकै भाइरल बनिन्।

उनले अभिनय गरेको भ्यालेन्टाईन स्पेसल एक फिल्मको म्युजिक भिडियोमा उनको प्रेमिल अन्दाजमा  आँखाको जिम्क्याईको दृश्य भारत, नेपाल, पाकिस्तान लगायतका दक्षिण एसियामै यति धेरै मन पराईयो की उनको प्रशंसा अहिले यत्रतत्र भैरहेको छ।  अहिले इन्टरनेटमा सेनसेशन बनेकी ती युवती हुन्, प्रिया प्रकाश वारियर। भारतको मलयालम भाषाको गीत ‘अरु आधार लभ’ को भिडियोमा प्रियाले गरेको अभिनय र उनको प्रेमिल अन्दाजलाई अहिले सबैले खुलेरै प्रसंशा गरिरहेका  छन्

१८ वर्षीय प्रिया मलयाली हीरोइन पनि हुन्। उनले ‘अरु आधार लभe’ नामको फिल्मबाट फिल्मी दुनियामा डेब्यु गर्दै छिन् । फिल्म रिलिज हुनु अगाबै रिलिज भएको गीत रातारात भाइरल भएपछि अहिले प्रियाको इन्स्टाग्राममा लाखौँ फ्लोअर्स बढेको उनले बताएकी छन्। फिल्म रिलिज नहुँदै विश्वभर भाईरल भएकी प्रिया युटुब, ट्विटर, फेसबुक, इन्स्टाग्राम जतातै ट्रेण्डिंगमा रहेकी छनन्।

रातारात यसरी भाइरल हुँदा प्रियालाई आफैले आफैलाई विश्वास गर्न समेत गार्हो भएको प्रतिक्रिया दिएकी छन्।  प्रियाले आफ्नो ट्विटरमा लेखेकी छन्, ”तपाई सबैलाई शुभ विहानी। मलाई विश्वासै गर्न गाह्रो भैरहेको छ, की म ट्रेण्डिंगमा आइरहेको छु। यति ठूलो मायाँ र सद्भावको हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!