पेरिस डाडाँमा केक काटेर जनयुद् दिवस

Leaderboard Banner

काठमाडाै । २३ औँ जनयुद्ध दिवस माअाेवादी केन्द्रले पेरिस डाडाँमा एक कार्यक्रम गरी मनाएकाे छ । नेकपा माअाेवादी काे भातृ संगठन वाइसिइलले  अायाेजना गरेकाे उक्त कार्यक्रममा  अध्यक्ष प्रचण्डले केक काट्दै दिवस मनाएका हुन ।

चार टुक्रामा विभाजित माओवादीले आज फरक फरक स्थानमा जनयुद्ध दिवसको स्मरण गर्दैछन्। नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ जहाँ पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ। याे संगै  २३ औँ जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यष दाहालले पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलनलाई एक बनाउने अवसरलाई गुम्न दिन नहुने बताएका छन  ।  उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आव्हान गरे ‘ यो महान एकता र बहसमा सक्रियतापुर्वक सहभागिता जनाउन म समान विचार भएका कम्युनिष्टहरु सवैलाई आवहन गर्छु ।’

सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै प्रचण्डले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पुरा गर्न सकिने बताए । जनयुद्धको इतिहास, घुम्ती र मोडको स्मरण गर्दै उनले क्रान्तिका हिमायती भन्ने सवै पक्षले अव शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

धनेश्वर क्षेत्रको विकासमा लाग्न राज्यमन्त्री थरुनीको आग्रह