नेपालको राजनीतिमा बेलायत र जापानको यस्तो चासो

Leaderboard Banner

काठमााडौं । स्पष्ट बहुमतका साथ सरकारको नेतृत्व गर्न लागेको वाम गठबन्धन र अब नेपालको राजनीतिक यात्रा कसरी अगाडि बढ्ला भन्ने विषय अहिलेको निकै चासोको रुपमा हेरिएको छ।

यसैबीच बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले वाम गठबन्धनका एक शिर्ष नेता तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्री ल्यान्क्यास्टरले मंगलबार बिहान प्रचण्डको निजी निवास खुमालटार पुगेर भेटवार्ता गरेका हुन्। भेटका क्रममा रक्षामन्त्री मार्कले निर्वाचन सम्पन्न भएपछिको विकास भएको नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, वाम पार्टी एकता, विकास र समृद्धी लगायत विषयमा प्रचण्डसँग जिज्ञासा राखेको प्रचण्डको निजी सचिवालयले बताएको छ ।

बेलायती रक्षामन्त्री मार्कले राखेको जिज्ञासको प्रतिउत्तरमा प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै एमालेसँगको एकताको प्रक्रियालाई अगाडि बढाएको बताएका थिए । एमालेसँग पार्टी एकता कार्य निष्कर्ष नजिक पुगेको भन्दै उनले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासका लागि पार्टी एकता अपरिहार्य रहेको समेत बताएका थिए।

उक्त भेटवार्तामा प्रचण्डले मन्त्री मार्कसँग नेपालको शान्ति, स्थायित्व र बिकासमा बेलायतको साथ र सहयोग रहेनेमा आफू विश्वस्त रहेको समेत बताएका थिए। भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरूको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । यस बिषयमा बोल्दै रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरूको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको प्रतिकृया दिएका थिए।

जापानी राजदुतसँग पनि भेटवार्ता 

मंगलबार बिहान करिव ७ बजेतिर नेपालका लागि जापानी राजदुत मासशी ओगावाले पनि माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रचण्ड निवास खुमालटारमा भएको उक्त भेटवार्ताका क्रममा राजदुत ओगावाले नेपालको पछिल्लो राजनैतिक परिस्थिति, पार्टी एकता लगायतका विषयमा जिज्ञासा राखे थिए । जवाफमा प्रचण्डले देशको वर्तमान आवश्यकता अन्नुरूप पार्टी एकता हुन् लागेको र यस एकताले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहना पुरा गर्ने बिश्वास व्यक्त गरेका थिए।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भयानक कार दुर्घटनाबाट बाल बाल बचे हाँस्यकलाकार विल्सन बिक्रम राई “तक्मे बुढा”