सन्दिप लामिछानेले हिजो ५ विकेट लिएपछि आइसीसीले गर्यो यस्तो भन्दै प्रशंसा !

Leaderboard Banner

काठमाडौं । शोमबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत हिजो केन्यासँग भएको खेलमा नेपाली १७ वर्षीय स्पिनर सन्दिप लामिछानेले गरेको निकै उत्कृस्ट प्रदर्शनको सहयताले नेपाल विजयी भएको थियो।

केन्यासँगको खेलमा १० ओभर बलिङ्ग गर्दा मात्र २० रन खर्चेर ५ विकेट लिएका बलर सन्दीप लामिछानेको क्रिकेटको सर्वेच्चव संस्था आइसीसीले खुलेर प्रशंसा गरेको छ ।

सन्दीपले केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट मार्फत भनेको छ,  लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ  हो।’ भारतको चर्चित किर्केट लिग आईपिएलमा समेत अनुबन्धित भैसकेका सन्दिप अहिले निकै चर्चामा छन्।

सन्दीपले १० ओभर बलिङ गर्दा ५ ओभर मेडन फाल्न समेत सफल भएका थिए।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्ड र बेलायती रक्षामन्त्री बीच भेटबार्ता