ओली-प्रचण्ड छलफलः के-के भयो सहमति ?

Leaderboard Banner

काठमाडौं ,  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ । पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।

ओली र प्रचण्डबीच धेरैपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न नसकेको हो ।

प्रकाशित : मङ्गलबार, फागुन ०१, २०७४०८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मरिसस हुन सक्छ नेपालीहरुको लागि रोजगारीको गतिलो गन्तव्य