नेपालले पायो १७८ रनको लक्ष्य: सन्दिप एक्लैले लिए ५ विकेट

Leaderboard Banner

काठमाडौँ ।  अहिले नामेबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत आज भएको खेलमा केन्याले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिंगको  निम्तो पाएको केन्याले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षेतिमा १७७ रन बनाएको हो। नेपालका लागि युवा बलर सन्दिप लामिछनेले केन्याबिरूद्ध ५ विकेट लिएपनि नेपालले केन्यालाई सस्तैमा समेट्न भने सकेन।  आजको खेलमा लामिछानेले ५ ओबर मेडन राख्दै २० रन खर्चिएर ५ विकेट लिए।

केन्याको ब्याटिंग सुरूवात निकै आक्रामक र राम्रो रह्यो। उसले पहिलो विकेट लागि ६५ रन बनाउदा सम्म नेपाल केहि दवाबमा परेको थियो । तर, सन्दिप लामिछानेले केन्याको ६५ रन भएकै बेला नेपाललाई पहिलो सफलता दिलाउदै केन्याका ओपनर ब्याट्सम्यान ओबान्डालाई ४१ रनमा आउट गरेपछी नेपालले राहतको सास फेरेको थियो। त्यसपछि केन्याको स्कोर ७१ रन हुँदा सन्दिपले नै नेपालका लागि दोस्रो विकेट लिएका थिए। त्यसपछि इरफान करिमले कोलिन्स ओबुयासँग २९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन पुर्याए। फेरी केन्याको स्कोर १ सय ३ रन हुँदा नेपालका भेट्रान स्पिनर बसन्त रेग्मी तेस्रो विकेटको रुपमा ओपनर इरफानलाई ४२ रनमा पेबिलियन फ्राकाए।

चौथो विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान रकिप पटेललाई सन्दिप एक रनमा फिर्ता पठाईदिएपछी नेपाल खेलमा हावी भएको थियो। लगत्तै सन्दिपले केन्याका अर्का ब्याट्सम्यान रूसव पटेललाई शुन्यमा आउट गर्दा केन्याको ब्याटिंग लाइनअप  निरिह बनेको थियो । केन्याले १२९ रन बनाउदा सोमपाल कामीले केन्याको छैटौ विकेट कोलिन ओबुयाको नाममा आउट गरे। त्यसपछि सरद भेषवाकरले गुरदिपको विकेट लिए। त्यतिखेर केन्याको स्कोर १३२ रन मात्र भएको थियो । त्यसपछि आफ्नो अन्तिम ओभरमा सन्दिपले आफ्नो ब्यक्तिगत पाँचौ विकेट लिँदा केन्याले १३९ रनमा ८ विकेट गुमाई सकेको थियो ।

तर त्यसपछीका अन्तिम ओभरहरुमा नेपालले कसिलो बोलिंग गर्न नसक्दा केन्याले पुरै ५० ओभर खेल्न सफल भयो। त्यति मात्र हैन अन्त्यमा निकै नै राम्रो खेल प्रदर्शन गर्दै १७७ को सम्मानजनक लक्ष्य नेपालसामु राख्न सक्यो।  नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ।

प्रकाशित : सोमबार, माघ २९, २०७४१६:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

केन्यामाथि नेपालको रोमाञ्चक जित, विश्वकप छनोट खेल्ने सम्भावना बढ्यो