सोनम कपूरले ट्वीटरमा सोनाक्षी सिन्हासँग मागे माफी, कारण थाहा पाउनुभएमा तपाई छक्क पर्नुहुनेछ !

Leaderboard Banner

एजेन्सी – हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो बीएफएफ र डिजाइनर मनीष मल्होत्राको साथ नेहा धूपियाको टिभी शो ‘Vogue BFFs’ गएकी थिइन्। नेहा धूपियाले सोनाक्षी सिन्हालाई सवाल गरे कि के उनलाई बलिउडमा अहिलेसम्म कसैले एट्टीच्युट देखाएको छ। यस प्रश्नको जवाफ उनले भने कि सोनम कपूरले एक पटक उनलाई धेरै नै एट्टीच्युट देखाएका थिए। सोनाक्षीको यस कुराको जवाफमा सोनमले ट्वीटरमा माफी मागेका छिन्।

सोनन कपूरले ट्वीटरमा  लेखेकी छिन – “सोनाक्षी म सधैँ तपाईको लागि नरम छु। मैले तपाईलाई एट्टीच्युट देखाएको सम्झना छैन। यदि तपाई यस्तो महसुस गर्नुहुन्छ भने मलाई माफ गर्नुहोस्। “

प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले यसै शोमा भने कि सोनम कपूर धेरै प्रतिभाशाली छिन। उनले अझै धेरै फिल्महरु गर्नुपर्छ। उनी एकदम राम्री केटी हो। जब शो को होस्ट नेहा धूपियाले मनीषबाट सोनम कपूरको बारेमा जान्न चाहना राखिन र उनले भने कि सोनम बलिउडको साँचै फेसनेबल छिन र शानदार पनि छिन। उनी एक प्रतिभाशाली अभिनेत्री हुन् र उनीसँग भविष्यमा काम गर्न चाहन्छु।

प्रकाशित : सोमबार, माघ २९, २०७४१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हेर्नुहोस बलिउडको ५ चर्चित हट किसिङ्ग सिनहरु, जुन रातारात भाइरल भए