Connect with us

खेलकुद

अहिले नेपाल केन्याबीच खेल हुँदै: यस्तो छ ताजा स्थिति

काठमाडौँ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत नेपालले अहिले आफ्नो चौथो खेल केन्याका बिरुद्ध खेलिरहेको छ।

टस जितेर पहिले बोलिङ्ग गर्ने निर्णय गरेको नेपालले केन्यालाई ब्याटिंगको निम्तो दिएको हो । अहिले ब्याटिंग गरिरहेको केन्याले ताजा स्थातिमा ७ ओभरको खेल सक्किंदा बिना कुनै विकेटको क्षेतिमा २० रन जोडेको छ।  आज दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा सुरु भएको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार युएईलाई पराजित गरेको नेपालले आफ्नो आज केन्यासँग खेलिरहेको खेल उसका लागि निकै महत्वपूर्ण रहेको छ। यदि आजको खेलमा नेपालले जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो  भएर जानेछ । अन्यथा नेपाल खेलबाट बाहिरिनेछ। यद्यपि, उससँग रनरेटबाट छनोट हुने झिनो आशा भने रहन पनि सक्छ।

डिभिजन २ को लिग चरणका खेलबाट शीर्ष दुईमा परेमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ । जिम्बाब्बेमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन् । १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोलीसन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुनेछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!