Connect with us

मनोरञ्जन

२६ सेकेन्डमा यसरी प्रेम व्यक्त गरिरहेका छन् केटीहरु, सोसल मिडियामा पिट्यो तहल्का ! [भिडियो]

एजेन्सी – अहिले भ्यालेन्टाइन वीक चलिरहेको छ। यो प्रेमको मौसममा सोसल मिडियामा एक भिडियो भाइरल भइरहेको छ। यस भिडियोमा दुई विद्यार्थीहरूले आँखाको माध्यमबाट आफ्नो प्रेम व्यक्त गरेका छन्। सोसल मिडियाका प्रयोगकर्ताहरुले भिडियोमा भएको केटी  प्रिया प्रकाशको सुन्दरताबाट प्रभावित भई यस भिडियोलाई शेयर गर्न सुरु गरे।

अहिलेसम्म यो भिडियोलाई लाखौँ भ्युज र लाइक्स पाईसकेको छ। यो भिडियो एक मलयालम भाषाको गीतको हो। आगामी मलयालम फिल्म ‘उरु अदार लव’ को यस गीतको सानो अंश सोसल मिडियामा भाईरल भईरहेको छ। यो गीतको बोल ‘Manikya Malaraya Poovi’ हो। यस गीतमा केटी प्रिया प्रकाश र केटा रोशनले आँखाको इसाराले केही भनिएको छ।

Thank you for all the love and support💙

A post shared by priya prakash varrier (@priya.p.varrier) on

यो गीत शान रहमानले कम्पोज गरेको हो। स्कुलको रोमान्स देखाईएको यो गीत युट्युबमा धेरैले मन पराएका छन्। हेर्दाहेर्दै यो गीत भारतमा ट्रेण्डिङ्गमा आएको छ। भिडियोमा देखिएको अभिनेत्रीको नाम प्रिया प्रकाश वारियर हो। यो उनकी पहिलो फिल्म हो।

१८ वर्षीय प्रिया प्रकाश भारतको केरल स्थित त्रिशूरमा बस्छिन। यो चलचित्र उमर लुलु द्वारा निर्देशित गरिएको छ। भिडियोमा केटाको नाम रोशन अब्दुल राफफ छ। रोशन एक राम्रो अभिनेता संगै एक राम्रो डान्सर पनि हुन्। रोशनको कैयौं डान्सिङ्ग भिडियोहरु उनको इन्स्टाग्राम पेजमा शेयर गरिएको छ।

निर्देशक उमर लूलूको यो चलचित्र स्कूलमा किशोरकिशोरीहरूबीच प्रेम कथा हो। यो चलचित्र ३ मार्चमा रिलिज हुनेछ।

भिडियो:-

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!