Connect with us

खेलकुद

नेपालले पायो ११५ रनको लक्ष्य

काठमाडौँ, आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले आज टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो ।

ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले १५ ओभरमा चार विकेट गुमाउँदै ६० रन बनाएको छ । -रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!