जटिल रोगहरुको पनि औषधी तितो करेला यता छन्; यसका १० फाईदाहरु !!!

Leaderboard Banner

करेला तितो हुने भएकाले धेरैजसो मानिसहरुलाई मन नपर्न पनि सक्छ तर औषधी मिठो हुदैन भन्ने उखान पनि सुन्नुभएकै होला । मानिसको शरीरका लागि करेला चाहे तरकारीको रुपमा होस, चाहे अचार या अन्य कुनै अंगमा एलर्जी भएको अवस्थामा लेप बनाएर लगाउदा निको हुने भएकाले यसलाई निकै उपयोगी र राम्रो औषधी पनि मानिन्छ । करेलाको प्रयोगले शरीरमा हुने विभिन्न जटिल भन्दा रोगहरु  निको पार्नुका साथै शरीरलाई  तन्दुरुस्त  बनाउदछ।

करेलाको सेवनले कस्ता रोगहरु निको पार्दछ त ?

remedyshops_karelaछालाका रोगहरुवाट छुटकारा करेला खाने गर्नाले छालाजन्य रोगहरु लाग्नबाट बचाउदछ । नियमित रुपमा करेला खाने गर्नाले वा करेलालाई मिश्रीसंग पिसेर रातको समयमा यसको लेप लगाउनाले पनि छालाका रोगहरुबाट छुटकारा पाउन सकिन्छ । करेलाको रसमा कगती मिसाएर मुसा, दाद भएको ठाँउमा लगाउनाले पनि यस्ता प्रकारका रोगहरु निको हुन्छन् ।

karela-juice2हैजाहैजा का बिरामीहरुले पनि करेलाको प्रयोग गर्नुपर्दछ । करेलाको रसमा अलिकती प्याज र कागतिको रस मिसाएर खाएमा निकै फाइदाजनक हुन्छ । यसका साथै ताजा करेला पिसेर स्वादअनुसार नुन मिसाएर दैनिक २ ३ पटक खाने गरेमा हैजाका बिरामीहरुलाई फाइदा पुग्छ ।

 

 

safe_image.php_2तौल नियन्त्रणपाचनप्रकृयालाई सुचारु राख्ने करेलाले यसमा भएको क्यालोरीका कारण मोटो पनालाई पनि रोक्ने काम गर्दछ । यसैपनि मोटोपना नियन्त्रणमा आएपछी अवश्यपनी तौल त नियन्त्रण हुन्छ नै । माटोपना बढी हुने मानिसहरुका लागि करेला अत्यन्तै फाइदाजनक साबित हुन्छ ।

 

mangoमधुमेह मधुमेहका रोगि हरुका लागि करेला औषधी साबित नै हुन जान्छ । मधुमेहका बिरामीहरुले करेला खाँदा शरिरमा चिनिको मात्रा सन्तुलनमा राख्दछ । बिशेषगरी टाइप २ का रोगिहरुले करेला छुटाउनु नै हुदैन ।

 

Cancerक्यान्सर हुनबाट बचाउछ करेलाले क्यान्सर हुनबाट बचाउछ भन्ने कुराको यकिन पुष्टी नभएको भएपनि यसले रोगसंग लड्ने क्षमता बढाउछ । करेलो खाँदा क्यान्सरजस्तो रोगसंग लड्ने क्षमता बढाउने र नकारात्मक असर नगर्ने हुनाले यसको प्रयोग गर्नु उचित हुन्छ ।

3a3071baf75618c54831c20762cbfd2fकलेजोलाई स्वस्थ राख्न मद्त गर्दछ कलेजोलाई सधै सफा स्वस्थ र स्फुर्त राख्नमा करेलो निकै उपयोगि हुन जान्छ । कलेलो नियमित खानाले हाम्रो शरिरमा बिभिन्न प्रकारका कोषिकाहरु निर्माण गर्नमा सहयोग पूर्याउदछ । जसले गर्दा कलेजोसम्बन्धी लाग्न सक्ने सम्भावित रोगहरुलाई निर्मुल गरिदिन्छ ।

girl-on-couch-in-pain-750कब्जियतपाचन प्रकृया कमजोर भएमा कब्जियत हुने संभावना हुन्छ । करेलामा फाइबर हुने भएकाले पाचन प्रकृया मजबुद हुनुका साथै कब्जियतका रोगिहरुले पनि सजिलैसंग छुटकारा पाँउछन् ।

 

Iris_-_left_eye_of_a_girlआँखाको ज्योति तेजिलो बनाँउदछ कतिपय गाँउघरमा पनि भन्ने गरिन्छ, करेलो खाएमा आँखा देखिन्छ । बास्तवमै यो एकदमै सहि हो । बच्चैदेखी कतियय मानिसहरुलाई आँखाको रोगले सताउने गर्दछ । अन्य औषधीहरुमा धेरै पैसा खर्च गर्नुभन्दा करेलो खाने बानी बसाल्नुभएमा यस्तो समस्या हुने संभावना कम हुन्छ । करेलो खाएमा आँखाको ज्योति तेजिलो हुनुका साथै लामो उमेरसम्म पनी आँखा राम्रो संग देख्न सकिन्छ ।

 

 

kidneeमृगौलामा पथ्थरी मृगौला मा पथ्थरी हुनेहरुका लागि पनि करेला अत्यन्तै उपयोगी हुन्छ । करेलाले पथ्थरलाई टुक्राउन सहयोग पूर्याउने हुनाले पथ्थरीका रोगिहरुलाई फाइदाजनक हुन्छ । जसले गर्दा टुक्रिएका पथ्थरहरु पिसाबको माध्यमबाट बाहिर जान्छन् । त्यसैले करेलाको प्रयोगबाट यस्ता रोगिहरुले सधैका लाधि छुटकारा पाउन सकिन्छ ।

 

remedyshops_karelaपेटको दुखाई नौनि घिउसंग करेलाको रस ठुलो चम्चाको एक चम्मच जति मिसाएर खाएमा सामान्य किसीमका पेट दुखाईलाई रामबाण जित्तीकै फाइदाजनक हुन्छ ।

प्रकाशित : आइतबार, माघ २८, २०७४२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कस्ता यौन आसन मन पराउछन् महिलाहरु (आसन सहित)