प्रचण्डले ‘फड्को हान्छु’ भन्दा योगेशले दिए यस्तो प्रतिकृया

Leaderboard Banner

काठमाडाै । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार चितवनमा अायाेजित एक कार्यक्रमा दिएकाे एक अकभिव्यक्ति पछि एमाले नेताले लग्गतै ट्वीट गरी प्रतिकृया  दिएका छन ।

प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताएका थिए । उनले भनेका थिए ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’ प्रचण्डकाे याे अभिव्यक्ति पश्चात एमाले नेता याेगेश भट्टरार्इले अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि हुनसक्ने भन्दै व्यङग गरेका छन । यस्तै उनले  फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकारका लागी मात्रै उपयुक्त हुने भन्दै झस्किएको शैलीमा ट्वीट गरेका हुन  ।

पार्टी एकीकरणको विषयलार्इ लिएर पछिल्लाे समयमा विभिन्न शंका उपशंका उत्पन्न भइरहेकाे बेलामा आएका यी दुई अभिव्यक्तिहरुले कतै एमाले र माओवादीको बीचमा तिक्तता सुरु भएको त छैन ? भन्नेमा थप  आशंका उत्पन्न भएकाे छ । सरकार निर्माण र पदकाे विषयमा सहमति जुट्न नसक्दा यी दुर्इ दलका ठुला नेताकाे यस्ताे प्रतिक्रियाले पार्टी एकताकाे विषयमा झन दरार ल्याउन सक्ने अाशंंका व्यक्त गरीएकाे छ ।

प्रकाशित : आइतबार, माघ २८, २०७४११:३२
अर्को समाचार:

काे बन्लान त प्रदेश ५ का मुख्यमन्त्री ?